प्राचीन मार्ग
परिचय
नेपालमा,
(शिक्षित मानिसहरू) लगायत धेरैजसो मानिसहरूले के बिचार गर्छन् भने इसाई मत (विश्‍वास)को सुरुआत पश्‍चिममा भएको हो।
यो एउटा गम्भीर किसिमको गलत बुझाइ हो।
यो पुस्तकले तपाईंलाई के देखाउँछ भने,
यदि इसाई मत (विश्‍वास) लाई एउटा ‘धर्म’ भन्‍न उचित हुन्छ भने यो वास्तवमा पृथ्वीको सबैभन्दा पूरानो ‘धर्म’ हो।
इसाई मत (विश्‍वास)को सुरुआत बुद्ध जन्मनुभन्दा १५०० वर्ष पहिले,
र कन्फ्युसियस,
प्‍लेटो,
अरस्तू र अरू चर्चित ‘प्राचीन व्यक्तित्वहरू’ भन्दा पहिले नै हालको इराक (मध्य पूर्व) मा भएको थियो।
त्यो समयमा परमेश्‍वरले अब्राहाम नाउँका व्यक्तिलाई एउटा प्रतिज्ञा दिनुभएको थियो र यो पहिलो पुरुष र स्त्रीलाई परमेश्‍वरले गर्नुभएको प्रतिज्ञाको पुष्‍टि थियो ।
त्यस प्रतिज्ञामा उहाँले हामी सबैलाई हाम्रो पापबाट बचाउनका लागि एक जना विशेष व्यक्तिलाई संसारमा पठाउनेछु भन्‍नुभएको थियो।
त्यस मानिस ‘सबै जातिका निम्ति आशिष्’ हुनुहुनेथियो।
त्यो प्रतिज्ञा गरिएको समयदेखि (ई.
पू.
२,०००),
विश्‍वको सृष्टि गर्नुहुने परमेश्‍वरमाथिको विश्‍वास अनि ‘प्राचीन मार्ग’ सम्बन्धी विवरण इस्राएलमा फैलियो,
अनि येशू ख्रीष्‍टको पालादेखि सुरु भएर सारा मध्य पूर्व र युरोपमा यो फैलियो।
पहिलो शताब्दीमा भएको विस्फोटक वृद्धिपछि,
यो ‘प्राचीन मार्ग’ सारा संसारमा पुगेको छ।
त्यो समयदेखि अहिलेसम्‍म,
करोडौं मानिसहरूले ‘प्राचीन मार्ग’ लाई पछ्याएका छन्।
यो साँचो कथालाई अहिले संसारभरिका हरेक जाति र राष्ट्रका एक अरब भन्दा बढी मानिसहरूले पछ्याउँछन्।
अब बाँकी केही मिनेटको समयमा तपाईंले जे पढ्न लाग्‍नुभएको छ त्यसले तपाईंको जीवनलाई परिवर्तन गर्नसक्छ!
त्यसकारण यसलाई ध्यानसित पढ्नुहोस् र अन्योलता र झुटको यो संसारमा सत्यतालाई देख्‍न परमेश्‍वरले तपाईंलाई सहायता गर्नुभएको होस् भनी प्रार्थना गर्नुहोस् भन्‍ने अनुरोध हामी गर्छौं।